काठमाडौँ- सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३४ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार नेप्से सूचक ३४.२१ अंकले घट्दै २२ सय अंकमा झरेको हो ।
यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६९ अंकले घट्दै ४२९.०५ अंकमा झरेको छ । ३४ अंक माथिले घटेको बजारमा आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक २.६२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन २.४४ प्रतिशतले, हाइड्रोपावर २.०८ प्रतिशतले, फाइनान्स समूह २.०४ प्रतिशतले र लगानीको समूह २.०१ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, विकास बैंक समूह १.९७ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूह १.७२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.८४ प्रतिशतले, म्यानु एण्ड प्रो १.३५ प्रतिशतले, बैंकिङ १.१६ प्रतिशतले, व्यापार १.१३ प्रतिशतले, म्युचुअल फन्ड ०.९२ प्रतिशतले र अन्य समूह ०.२४ प्रतिशतले घट्न पुगेको छ ।
आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले अधिकतम ६.२० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ५.८९ प्रतिशतले गुमाएका छन् ।
यस कुल १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर कारोबार भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस