काठमाडौँ – आज मङ्गलवार लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से भने बढेको छ । आज नेप्से ५६ दशमलव ७३ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव ५५ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर उकालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन, व्यापार र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले बढेको छ । दुई सय २६ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाको मात्रै घटेको छ ।
आज ४९ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी कम्पनीकाे १४ कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।
ग्रिन डेभलपमेन्ट बैंकको शेयर आज १० प्रतिशतले बढेको छ । यस्तै जानकी फाइनान्स र रसुवागढी हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस