काठमाडौँ – देशका विभिन्न स्थानको नदी खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ ।
साना नदी र नालाको पानी आसपासका सडक किनारसम्म आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सडक किनारको बाटो भई यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाको वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदी र खोलामा पानीको बहाव बढ्दै गएको हो । अहिले काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भैरहेको छ ।
महाशाखाले काठमाण्डौ उपत्यका बाहिर १९ जिल्लाका ठुला साना नदीमा आकस्मिक बाढी आउनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका विभिन्न ठाउँमा पानी परिरहेको छ । यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस