चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक एकापसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस