सिन्धुपाल्चोक — जुगल गाउँपालिका २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये शनिबार साँझसम्म १८ जनाको शव फेला परेको छ ।
साविकको गोल्चे गाबिसको लिदीका १३ घरका १८ जनाको शव पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनकाअनुसार मृत्यु हुनेमा १० बालबालिकासहित ४ महिला र ४ पुरुष छन् ।
पहिरोमा मृत्यु हुनेमा लिदी लामागाउँकी टिकामाया दोङ, छिरिङ दोङ, जिते झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, प्रिती दोङ, कान्छी दोङ, धनमाया दोङ, रेमीश दोङ, माइला दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कबिर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङ छन् । शवको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ ।
अन्य बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ५५ जनाको टोलीले साबेल, कोदालो प्रयोग गरी खोजिरहेको डिएसपी काफ्लेले बताए ।
गाउँपालिकाले पुष्टि गरेको ३८ जनाको सूचीमा वडाध्यक्ष प्रताप लामाको टोलीले स्थानीय कबिर दोङ बेपत्ता भएको नाम नभएको जानकारी दिएपछि बेपत्ता थपिएको डीएस्पी काफ्लेले पुष्टि गरे । ‘अहिले थपिएकोसहित २१ बेपत्ताको खोजी कार्य तीव्र बनाइएको छ, सिमसिमे पानीले गर्दा पहिरोको जोखिम बढाएको छ, केही प्रभावित भए पनि काम अगाडि बढ्दैछ,’उनले भने ।
जिल्ला अस्पताल चौतारामा उपचाररत घाइते जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ शनिबार डिस्चार्ज भएका छन् । जुनमाया दोङ, केवरीङ दोङ र पासाङ दोङ, दावाग्याल्बो दोङको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते यामुलामु दोङको राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जनाए । डीएसपी काफ्लेले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस