एजेन्सी – उत्तर कोरियाले आइतबार रकेट लन्चरहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । ‘आइतबार बिहान उत्तर कोरियाका धेरै रकेट लन्चरहरूबाट गोली प्रहार भएको आशंका गरिएको थियो,’ जोइन्ट चिफ अफ स्टाफले भनेको छ । आफ्नो सेनाले सम्बन्धित घटनाक्रमलाई नजिकबाट निहाल्दै रक्षा तयारी गरेको जनाएको छ ।
दक्षिण प्योन्गान प्रान्तको एक अज्ञात स्थानबाट बिहान ७ः२० देखि एक घण्टाको अवधिमा पश्चिमी जलक्षेत्रमा चारवटा गोली प्रहार भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । लन्चर प्रहारको आसयबारे समीक्षा भइरहेको प्राप्त विवरणमा जनाइएको छ ।
उत्तरका शंकास्पद गतिविधिपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यलय ब्लु हाउसका अनुसार बैठकले संक्रमणकालमा सुरक्षा शून्यतालाई रोक्नको लागि कडा तयारी गर्न आह्वान गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस