बेइजिङ- बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।
सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो । मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ ।
कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार यहाँ ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ ।
त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ । १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।
उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ । बाँकी विश्वको धेरैजसो ठाँउमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस