एजेन्सी – साउदी अरेबियाले शनिबार भनेको छ कि उसले विभिन्न आतंकवाद सम्बन्धी अपराधहरूमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो ।
देशको आधिकारिक साउदी प्रेस एजेन्सीका अनुसार मृत्युदण्ड पाउने सबै जना अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट, अल—कायदा, हुथी र अन्य अतिवादी संगठनमा आबद्ध रहेका थिए । उनीहरुले महत्वपूर्ण स्थानमा आक्रमणको षडयन्त्र गरेको र देशमा हतियार ओसारपसार गरेको सरकारले दाबी गरेको छ ।
यसैबीच, मुक्त ब्लगर र मानवअधिकार कार्यकर्ता राइफ बदावीलाई १० वर्षको यात्रा प्रतिबन्ध लगाइएको छ । ब्लगर वदाबी विश्वभर स्वतन्त्रता र अभिव्यक्तिको प्रतीक बनेका छन् ।
इस्लाम धर्म अपमान गरेको अभियोगमा ३८ वर्षीय बदाबीलाई सन् २०१२ मा पक्राउपछि जेल चलान गरिएको थियो ।
गृहमन्त्रालयका एक अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ, ‘ राइफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि सोही अवधिको लागि यात्रा प्रतिबन्ध लगाइएको थियो । अदालतको फैसला अन्तिम हुन्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस