न्युयोर्क- अमेरिकामा जुवा खेलमा सहयोग गर्ने र खर्चालु ढंगले बिदा मनाउन ८ लाख डलर रकम चोरी गर्ने एक बृद्ध भिक्षुणीलाई जेल सजाय तोकिएको छ । क्यालिफोर्नियाकी ८० वर्षीया म्यारी मार्गरेट क्रिउपरलाई एउटा अदालतले सो सजाय सुनाएको हो । क्रिउपरले ६ दशकअघि गरिबको जीवनप्रति समर्पण गर्ने कसम खाएकी थिइन् ।
तर, लस ऐन्जल्सस्थित रोमन क्याथोलिक प्राथमिक विद्यालयको प्राध्यापकको रुपमा उनले ८ लाख ३५ हजार डलर लस भेगासमा जुवा खेल्न जुटाएको अदालतले फैसला गरेको छ ।
सो रकमबाटै उनले लेक टाहोइलगायतका महंगा रिसोर्टमा विलासीपूर्ण यात्रामा खर्च गरेको जनाइएको छ । सो रिसोर्ट गर्मीमा डुंगा चलाउन र जाडो मौसममा स्कीङका लागि प्रख्यात छ । त्यहाँ प्रायः सबै मौसममा धनाढ्य पर्यटकहरुको जमघट हुने गर्छ ।
‘मैले अपराध गरे । मैले कानुन मिचे । मसँग कुनै बहाना छैन,’ क्रिउपरले अदालतमा भनिन् । आफ्ना अपराध ‘आफ्नै सपथ, आज्ञा, कानुन र धेरै मानिसहरुले गर्ने पवित्र विश्वासको उल्लंघन’ भएको उनले स्वीकारेकी छिन् ।
गत वर्षको सुनुवाईको क्रममा क्रिउपरले कालो धनलाई बैध बनाएको र ठगी गरेको स्वीकार गरेकी थिइन् ।
टिउसन र धर्मदानका लागि विद्यालयमा पठाइएको रकम क्रिउपरले नियन्त्रणमा राखेको गोप्य अकाउन्टमा कसरी पुग्यो भन्दै अदालतमा उनीविरुद्ध उजुरी परेको थियो । एउटा अडिटले उनका गोप्य योजना सार्वजनिक गरिदिने धम्की दिएपछि क्रिउपरले आपत्तिजनक कागजात नस्ट गर्न कर्मचारीहरुलाई अनुरोध गरेको अदालतको फैसलामा उल्लेख छ ।
दी टाइम्सका अनुसार उनको आर्थिक अनियमितताबारे सुरुमा लस एन्जलसका धर्माध्यक्षसँग विवाद भएपछि भिक्षुलाईभन्दा पादरीलाई धेरै पैसा दिइने गरेको भन्दै रकम उठाउन आफू योग्य भएको तर्क गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस