एजेन्सी – अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सञ्चारकर्मीलाई भने, ‘केही गम्भीर छलफल सुरु गर्न पूर्णरुपमा उचित हो भन्ने हामी विश्वास गर्छौ ।’
अमेरिकाले अमेरिकी राष्ट्रपति जोन बाइडेन नेतृत्वमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ । तर, उत्तर कोरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेट गरेका थिए । तर, आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने किमको चाहना वार्तामार्फत पुरा हुन सकेको थिएन् ।
उत्तर कोरियाले सन् २०१७ पछिकै ठूलो मिसाई प्रहार गरेपछि एक अमेरिकी अधिकारीले त्यसबारे गम्भीर चासो देखाएका हुन् । ‘निश्चय नै हामीले उत्तरको पछिल्लो परीक्षणप्रति चासो देखाएका छौं’ ती अमेरिकी अधिकारीले भने ।
उत्तरको परीक्षण ‘ बढ्दो अस्थिरताको’ ढाचाको अंश भएको र त्यसले राष्ट्रसंघको सुरक्षा परिषदको संकल्प प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उनको भनाई छ ।
यसैबीच, आइतबारको परीक्षण पुनः लामो दूरीको हतियार परीक्षणको तयारी हुन सक्ने अमेरिकाले अनुमान गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस