एजेन्सी – उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो । योसँगै उत्तरले जनवरीमा मात्र ६ ओटा मिसाईल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाईल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।
उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुई ओटा व्यालिस्थक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ । उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, उत्तरसँग वार्ता थाल्न कुनै दुबिधा नभएको बाइडेन प्रशासनले जनाएको छ ।
उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता विनानिस्कर्ष टुंगिएको थियो । आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिना निस्कर्ष टुंगिएको थियो ।
आफ्नो रक्षाका लागि मिसाईल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ । उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्धीपमा तनाब बढेको छ । तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन् । यद्यपी, कोरियाली प्रायद्धीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ ।
उत्तर कोरियाले आगामी महिना किम जोङ उनका पिता किम जोङ इलको ८० औं बार्षिकी मनाउदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस