एजेन्सी – उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले बिफल पारिदिएका छन् । उत्तर कोरियाले ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले बिफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्तावलाई चीन र रसियाले बिफल पारिदिएको हो ।
उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको छ । उसले यो वर्ष मात्र चार ओटा आणविक परीक्षण गरेको थियो । उसले व्यालिस्टक मिसाइलदेखि आवाजभन्दा चाँडो मार हान्ने हाइपरसेनिक मिसाइल परीक्षण गरेको छ । देशको मिसाइल कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीमाथि हालै प्रतिबन्ध लगाएको थियो ।
उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर पश्चिमेली मुलुकहरुले बिभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । तर, प्रतिबन्धका बाबजुद उत्तरले आफ्ना आणविक गतिविधिलाई तीव्र पार्दै आएको छ ।
उत्तरमाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस