इस्लामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रिहाम खानले देशको शान्ति सुरक्षा र कानुनी व्यवस्थाप्रति आक्रोश पोखेकी छिन् । आफ्नो कारमा आगजनी भएपछि पूर्वपत्नी रिहामले सरकारप्रति आक्रोश पोखेकी हुन् ।
शृंखलाबद्ध ट्विटमा रिहामले प्रश्न गरेकी छिन्, ‘यही हो इमरान खानको नयाँ पाकिस्तान?’ एउटा अज्ञात समूहले आईतबार राती रिहामको गाडीमा आगाे लगाइदिएकाे थियो । आगजनीको समयमा गाडीभित्र रिहामका सहयोगी र चालक थिए ।
‘भतिजाको विवाहमा सहभागी भएर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले मेरो गाडीमा आगजानी गरेका छन् । आगजानी हुँदा मेरा सहयोगी र चालक गाडीभित्रै थिए । यही हो इमरानको नयाँ पाकिस्तान ? ठग र लोभीको सरकारलाई स्वागत छ,’ उनले ट्विट गरेकी छिन् ।
सरकारको प्रखर आलोचकसमेत रहेकी रिहामले आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् ।
दन्डहीनताका कारण खान नेतृत्वको सरकारमा गुन्डागर्दी र डकैतीले प्रश्रय पाएको उनको भनाई छ । ‘म औषत पाकिस्तानीजस्तै बाँच्न र मर्न चाहन्छु । कातरपूर्ण हमला वा दन्डहीनता जेसुकै भए पनि आक्रमणको जिम्मा सरकारले लिनुपर्छ ,’ उनले लेखेकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस