लखनउ- विगत १२० दिनदेखि शिखा पल लखनउको निसातगन्ज क्षेत्रस्थित शिक्षा निर्देशनालयको पानी ट्यांकीमाथि बसिरहेकी छिन् । नयाँ रेकर्ड तोड्ने उनको लक्ष्य छैन् । केबल विरोध प्रदर्शनका लागि उनी त्यहाँ बसेकी हुन् ।
सरकारले हालै ६९ हजार शिक्षक नियुक्तिका लागि आवदेन खुलाएको थियो । अधिकांश पदमा पूर्ति भए पनि विविध कारण २२ हजार सीट अझै रिक्त छ । सोही रिक्त पदमध्ये एउटा सीटमा आफूलाई नियुक्त गरियोस भन्दै उनले अनौठो ढंगले विरोध प्रदर्शन गरिरहेकी छिन् ।
शिखाले लखनउ विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । तर, पनि उनी वेरोजगार छिन् । पुसको यो चिसो मौसममा पानी ट्यांकीमाथि बसेरै समय व्यतित गरेकी छिन् ।
‘वासरूममा जानबाहेक म ट्यांकीबाट तल झर्दिन,’ उनी भन्छिन् । आफन्तहरुले उनलाई एउटा डोरीमा झुन्ड्याएर खानेकुरा र अन्य अत्यावश्यक समाग्री दिन्छन् । ’
आफू सरकारी विद्यालयमा प्राथमिक तहमासमेत पढाउन इच्छुक रहेको उनको भनाई छ । ‘१२० दिन बित्दा पनि मेरो माग सम्बोधन गर्न सरकार सकरात्मक भएन,’ उनी भन्छिन् ।
शिखासँगै आफूहरुलाई पनि रोजगारीका अवसर उपलब्ध गराउनु पर्ने माग गर्दै अन्य प्रदर्शनकारीहरुले पनि विरोध गरेका छन् । उनीहरुले भने दिउँसो मात्र निश्चित समयमा शिक्षा निर्देशानलय अगाडि धर्ना दिँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस