काठमाडौं- रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन् ।
हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए । पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ ।
पश्चिमी देशहरुले रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् ।
एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए । पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे ।
पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस