आज १९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना
दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएको दिन
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् । आजकै दिन पार्क गुन ह्ये देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन् । सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन् । सत्तामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा विभिन्न मुद्दामा पूर्वराष्ट्रपति पार्क अहिले कारागारमा छन् ।
हङकङ चीन मातहत रहने सन्धीमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो । बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच एउटा संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो । चीन–व्रिटीश सन्धीसमेत भनिने सो सन्धीमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए । सन्धीले सन् १९९७ को १ जुलाईदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ ।
एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो । अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो । एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो । एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर त्यहाँ १२ दिन बिताएका थिए ।
क्लिनन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो । भुटो बोलेको र न्यायमा अबरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो । एक महिनापछि आजकै दिन अर्थात १९ डिसेम्बरमा माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएपछि पदमुक्त हुनबाट बचेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस