एजेन्सी – मोडेर्ना इन्कका प्रमुख स्वास्थ्य अधिकृत पाउल बर्टनले अहिले विकसित भइरहेका कोभिड खोप नयाँ भेरियन्टका लागि प्रभावकारी नहुने आशंका व्यक्त गरेका छन् । आगामी सन् २०२२ सम्ममा परिमार्जन गरी नयाँ खोप विकसित गरिने उनले बताएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको विश्वव्यापी त्रास बढिरहेका बेला उनको सो भनाई आएको हो ।
‘नयाँ भेरियन्टको भाइरस विरुद्ध अहिले प्रयोगमा आएका खोप प्रभावकारी हुन्छन वा हुन्नन् भन्ने बारेमा एक दुई सातामा नै थाहा हुन्छ,’ बर्टनले भने । उनले नयाँ भेरियन्टको भाइरसलाई नयाँ खोप आवश्यक पर्न सक्ने र आगामी वर्षको सुरुमा सर्वत्र उपलब्ध गरिने बताए । ‘हामीले चाँडै खोप तयार गर्न सक्छौं,’ उनले भने ।
सक्दो सावधानी अप्नाउनु र अहिले प्रयोगमा आइरहेका खोप सक्दो प्रयोग गर्नाले नयाँ भेरियन्टबाट बच्न सकिने उनले सुझाव दिए । ‘कोभिडलाई नजरअन्दाज गरेर खोप नलगाएका व्यक्तिले तत्काल खोप लगाउनुपर्छ,’ उनले भने, ‘यो खतरनाक भाइरस भएकोले बेलैमा सावधानी अप्नाउनु पर्छ ।’
ओमिक्रोन भेरियन्ट फैलिएपछि अमेरिकाकाे म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनीले बिहीबार सयौं कर्मचारी परिचालन गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस