एजेन्सी – चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकुले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो ।
जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो । चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ ।
भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण गरेको मकाउस्थित सैन्य विश्लेषक एन्टोनी वोङ तोङले बताउँछन् ।
‘आगामी दिनमा अझै बढी भूभाग नियन्त्रणमा लिन जनमुक्ति सेनाले भारतसँगको सीमामा निकै उपयोगी तालिम सम्पन्न गरेको छ,’ उनी भन्छन् ।
जनमुक्ति सेनाको नयाँ हतियार प्रणालीले भारतीय सुरक्षा चौकी, सैन्य सामाग्री र अन्य निशानालाई ध्वस्त पार्ने बेइजिङस्थित युयान वाङ मिल्ट्र साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता झोउ चेनमिङ बताउछन् ।
नयाँ दिल्लीको पनि आफ्नै तयारी
सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् । भारतले केही महिनाअघि मात्र एमआईजी–२९युपीजी र एसयु–३० एमकेआई लडाकु जेट परिचालन गरेको थियो । भारतीय सेनाले उचाइमा उड्ने अत्याधुनिक ड्रोन किन्ने तयारी गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस