बेइजिङ-चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनाब बढिरहेका बेला चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६के बम्बर तैनाथ गरेको हो । एच– ६के बम्बर पहाडहरुमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।
चीनले यसअघि बम्बरहरुलाई सान्सी प्रान्तमा राखेकाेमा पछिल्लो समयमा भारतसँगको विवाद बढेसँगै सिन्जियाङनजिकको कासगरमा तैनाथ गरेकाे छ । तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड पर्छ ।
एच–६के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले अत्याधुनिक हतियार तैनाथ गरेको हो ।
विदेशमन्त्री जयशंकरले यसअघि दुई देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रुपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए । गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा चार जना चिनियाँ सेना पनि मारिएका थिए ।
सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको थियो । सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस