लन्डन- विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो ।
असान्जले कारागारका गर्भनरसँग विवाह गर्न अनुमति मागेका थिए । कारागार सेवाका प्रवत्ताले भने, ‘विवाहका लागि असान्जले पेस गरेको निवेदनलाई अन्य कैदीको निवेदनलाई जस्तै जेलका गर्भनरले सामान्य तरिकाले अध्ययन गरेका छन् । ’
लन्डनस्थित इक्वेडरको दूतावासमा रहने क्रममा मोरिससँग असान्जको भेट भएको थियो । उनीहरुको तर्फबाट दुई सन्तान छन् ।
विवाहमा कसैले हस्तक्षेप नगर्ने असान्जकी पार्टनर मोरिस विश्वास गरेकी छिन् । उनले भनिन्, ‘हाम्रो विवाहमा कोहीबाट हस्तक्षेप हुन्न भन्ने मलाई विश्वास छ ।’ विवाह ऐन १९८३ वमोजिम कैदीहरुले कारागारभित्र विवाहका लागि निवेदन दिन पाउछन् ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार डी वर्गका कैदीबाहेक अन्य कैदीको विवाह कैदभित्र नै आयोजना हुनुपर्छ । अमेरिकाले सुपर्दगी गर्न कानुनी कदम चालेपछि असान्ज सन् २०१९ देखि बेलायतको एउटा कारागारमा छन् ।
अस्ट्रेलियाली नागरिक असान्जलाई इक्वेडरको दूतावासमा बसेको पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । इक्वेडरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले असान्जको गर्भधारण गरेको मोरिसको भनाइ छ । त्यहाँ उनीहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ ।
अमेरिकाले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य विवरण चुहाएको भन्दै असान्जलाई मुद्दा चलाउन खोजिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस