काबुल-अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।
काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।
अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।
आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा. शहिद अहदले बताए । दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए ।
१५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस