टोकियो- जापानमा भएको आमनिर्वाचनमा सत्तारुढ दल लिब्रल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले प्रष्ट बहुमत प्राप्त गरेको छ । ४६५ सिट भएको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा एलडीपीले २६१ सिट ल्याएको हो । अब एलडीपीलाई सरकार बनाउन कुनै गठबन्धन आवश्यक पर्दैन ।
एक महिनाअघि मात्र फुमिको किशिदा एलडीपीको तर्फबाट गठबन्धन सरकारको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बन्नुअघि ६४ बर्षीय किशिदा एलडीपीको नेता चुनिएका थिए ।
एलडीपीले जापानको राजनीतिमा दशकौंदेखि आफ्नो प्रभाव जमाउदै आएको छ । तर, महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै पार्टीको सर्वत्र आलोचना भएको थियो ।
यसअघि एक बर्ष प्रधानमन्त्री बनेपछि योशिहिदे सुगाले सेप्टम्बरमा पदबाट राजीनामा दिएका थिए ।
महामारीबीच सरकारले टोकियो ओलम्पिक आयोजना गरेको भन्दै सुगा नेतृत्वको सरकारको कडा आलोचना भएको थियो । प्रधानमन्त्री बन्नुअघि सन् २०१२ देखि सन् २०१७ सम्म उनी विदेशमन्त्री थिए । तर, प्रधानमन्त्री हुँदा प्रभावकारी काम नगरेको भन्दै उनको पार्टीले नै सुगाको राजीनामा मागेको थियो ।
एलडीपीले बहुमत नल्याउने निर्वाचनपछिका मत सर्वेक्षणले देखाएका थिए । सरकार बनाउन कुनै पनि पार्टीलाई २३३ सिट आवश्यक पर्छ । गठबन्धनको साझेदार पार्टी कोमिटोले ३२ सिट ल्याएको छ । जापानको संसदलाई नेसनल डायट भनिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस