नाकुआलोफा- कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ । महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन् । त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ । महामारीका कारण प्राय देशको अर्थतन्त्र चौपट परेको छ । तर, संसारमा एउटा मात्र देश छ जहाँ पहिलो पटक एक जनामा कोभिड देखिएको छ ।
प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भए यताकै पहिलो कोभिड संक्रमण पुष्टि भएको हो । न्युजिल्यान्डको उत्तर पश्चिममा अवस्थित टोङ्गा टापुको जनसंख्या एक लाख छ । अहिलेसम्म एकतिहाइले कोभिडको दुबै डोज खोप लगाएका छन् ।
तर, एक जनामा कोभिड देखिएपछि हजार्रौ मानिस खोप लगाउन हतारिएका छन् । खोप पाउने आशामा अहिले मानिसहरु खोप केन्द्रमा जम्मा भएका छन् । सरकारले मुख्य टोङ्गा टापुमा लकडाउनको तयारी गरेको छ । प्रधानमन्त्री पोहिभा तुएनिटोआले केही दिनमै लकडाउन हुने बताएका छन् ।
कसरी सर्यो भाईरस ?
टोङ्गाको स्वाथ्य मन्त्रालयका अनुसार पूर्ण खोप लगाएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो । उनी न्युजिल्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ यात्रुमध्ये एक हुन् । उनी घर फर्किदै थिए । सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस