सोल- सामसुङ समूहका उत्तराधिकारी ली जे-योङलाई मङ्गलबार गैरकानूनी रूपमा प्रोपोफोल नामक एनेस्थेटिक औषधि प्रयोग गरेको भन्दै ७० मिलियन वोन ($६०,०५५) जरिवाना गरिएको छ ।
सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले लीलाई लागुऔषध नियन्त्रण ऐन उल्लङ्घन गरेकोमा दोषी ठहर गर्दै थप १ करोड ७० लाख वन जफत गर्ने आदेश पनि दिएको छ ।
जुनमाअभियोजकहरूले सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका उपाध्यक्षलाई दक्षिणी सोलको प्लास्टिक सर्जरी क्लिनिकमा मेडिकल उपचार बाहेक अन्य उद्देश्यका लागि प्रोपोफोल लिएको आरोपमा अभियोग लगाएका थिए । उनलाई जनवरी २०१५ र गत वर्षको मे बीच कुल ४१ पटक अभियोग लगाईएको छ ।
प्रोपोफोलको प्रयोग अन्य गैरकानूनी लागूपदार्थहरू जस्तै लत र निर्भरताको उच्च स्तर रहेकाले सख्त रूपमा निषेधित हुनुपर्ने अदालतले स्पस्ट गरेको छ ।
अदालतले लीलाई ‘प्रोपोफोलबाट मुक्त हुन र बच्चाहरूको लागि स्वस्थ र उदाहरणीय अभिभावक बन्न’ आग्रह पनि गरेको छ ।
अभियोजकहरूले सुरुमा एक सारांश अभियोग मार्फत लीलाई ५० मिलियन- वन जरिवाना मागेका थिए तर मुद्दालाई नियमित अदालतमा ल्याए र लीले प्रारम्भिक विश्वास भन्दा धेरै पटक प्रोपोफोल प्रयोग गरेको फेला परेपछि उच्च जरिवानाको लागि दायर गरेका थिए ।
लीले यसअघि पनि जेलमा समय बिताएका थिए । पूर्व राष्ट्रपति पार्क ग्युन-हे संलग्न रहेको घुसखोरी मुद्दाको पुन: सुनुवाइमा जनवरी १८मा सोल उच्च अदालतले उनलाई २,५ वर्षको जेल सजाय सुनाएको थियो । उनी अगस्टमा प्यारोलमा रिहा भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस