एजेन्सी – कोलम्बियामा सर्वाधिक खोजिएका लागू औषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् ।
ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो ।
एउटा टेलिभिजन अन्तर्वार्तामा कोलम्बियाका राष्ट्रपति इभान ड्युकले उनको पक्राउबाट आफू खुसी भएको बताए । ‘उनको पक्राउले देशमा लागूऔषध तस्करलाई ठूलो झड्का दिएको छ,’ उनले भने ।
ओटोनियल उत्तरपश्चिम प्रान्तको एउटा ग्रामीण क्षेत्रबाट पक्राउ परेका थिए । उनी लुकेको क्षेत्र पानामासँगको सीमा जोडिएको छ ।
उनी विरुद्धको कारबाहीमा एक प्रहरी अधिकारी मारिएको जनाइएको छ । ओटोनियललाई हथकडी लगाएर सुरक्षा प्रदान गरेको एउटा तस्विर कोलम्बियाली सेनाको फौजले सार्वजनिक गरेको छ । ५० वर्षीय ओटोनियललाई पक्राउ गर्न त्यहाँको सेनाले अनेकौं ठूला कारबाही चलाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस