आज अक्टोबर २४ । आज विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
चीनको चन्द्रमामा अभियान
सन् २००७ मा चीनको पहिलो लुनार एक्सप्लोरेसन प्रोग्राम सुरु भएको थियो । यस कार्यक्रमअन्तर्गत चीनले मानवरहित यान चेन्ज १ लाई चन्द्रमामा पठाएको थियो । एक वर्षसम्म चन्द्रमाको कक्षमा घुमेपछि सो यान सन् २००९ को २ मार्चमा दुर्घटनामा परेको थियो ।
जाम्बियाको स्वतन्त्रता
सन् १९६४ मा जाम्बिया स्वतन्त्र भएको थियो । स्वतन्त्र हुनुअघि अफ्रिकी देश जाम्बिया बेलायतको अधिनमा थियो ।
राष्ट्रसंघको स्थापना
आजकै दिन राष्ट्रसंघको स्थापना भएको थियो । सन् १९४५ को २४ अक्टोबरमा पाँच स्थायी सदस्य र ४६ सदस्य राष्ट्रले राष्ट्रसंघको चार्टर अनुमोदन गरेपछि राष्ट्रसंघको बिधिवत स्थापना भएको थियो ।
ब्राजिलमा सेनाको कु
सन् १९३० मा ब्राजिलका तत्कालिन राष्ट्रपति वासिंगटन लुइसलाई त्यहाँका सेना प्रमुखले अपदस्थ गरेका थिए । उनी निर्वाचित भएको चार वर्षपछि सेनाले अपदस्थ गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस