लन्डन- चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ ।
क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई पृथ्वीको परिक्रमा गराएपछि लक्ष्यतर्फ पठाएको थियो ।
त्यसको दुई सातापछि १३ अगस्टमा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । चिनियाँ सेनाको प्रगतिबाट अमेरिका अत्तालिएको छ । अमेरिकी वैज्ञानिकहरुले हाइपरसोनिक हतियारको क्षमताबारे चासो देखाउँदै आएको छ । चीनको आणविक हतियार क्षमताबाट राष्ट्रपति जो बाइडेन प्रशासन चिन्तित छ । यस्तो उपकरण अमेरिकासँग भने छैन् ।
चीनको विदेश मन्त्रालयले यसअघि अन्तरिक्षमा विमान मात्र पठाएको जनाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस