काबुल-तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधरणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको हत्या गरेको अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीय किशोरी पनि छन् ।
३० अगस्टमा करिब ३०० तालिवान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ) का पूर्व सदस्यको हत्या गरेका थिए । मारिएकामध्ये नौ जनाको शव नदीमा फालिएको थियो । आत्मसमर्पणपछि उनीहरुको हत्या भएको अधिकारवादी समूहले जनाएको छ ।
तालिवानले अफगान सेनालाई आक्रमण गर्ने क्रममा सर्वसाधरणको पनि हत्या गरेको हो । मारिनेमध्ये अधिकांश २४ देखि ४६ वर्षका छन् । सन् १९९६ देखि २००१ मा सत्तामा हुँदा तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिको हत्या गरेको थियो ।
तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिलाई हत्या गरेको यो दोस्रो पटक हो । यसअघि काबुल कब्जा गर्नुअघि गत जुनमा गजनी प्रान्तमा तालिवानले नौ जनाको हत्या गरेको थियो । उनीहरू सबै हजरा समुदायका व्यक्ति थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस