एजेन्सी – आफ्नो कक्षामा रहेका एकजना विद्यार्थीले मास्क लगाउन नमानेकै कारणले अमेरिकाको युनिभर्सिटी अफ जर्जियाका एकजना प्राध्यापकले गत साता आफ्नो जागिरबाटै राजीनामा दिएका छन् ।
मनोविज्ञान विषय अध्यापन गर्ने इर्विन बर्नस्टेन नामक ती प्राध्यापकले कक्षा कोठामा भएको सो सामान्य विवाद लगत्तै राजीनामा दिएका थिए । युनिभर्सिटी अफ जर्जियाको नियम अनुसार त्यहाँका कक्षा कोठा र अन्य परिसरमा मास्क लगाउनु आवश्यक छैन ।
एक छात्राले मास्क लगाउन मान्दै नमानेपछि ती ८८ वर्षीय प्राध्यापकले कक्षा कोठामा आफूले अध्यापनबाट अवकाश लिएको औपचारिक घोषणा गरेका थिए । बर्नस्टेनले युनिभर्सिटी अफ जर्जियाको विद्यार्थीहरूको अखबार ‘रेड एन्ड ब्ल्याक’ आफ्ना एक छात्राले लगातार दोस्रो दिन पनि मास्क नलगाइकन कक्षामा बस्न खाजेपछि आफूले सो निर्णय लिएको बताएका छन् ।
ती छात्राले आफूलाई लगाउन दिइएको मास्क लगाउँदा श्वास फेर्न असजिलो महशुस हुने गरेको भन्दै नाक छोप्ने गरी राम्ररी मास्क नलगाएको बताइएको छ ।
प्राध्यापक बर्नस्टेनले भनेका छन्, ‘म वायु सेनामा छँदा मैले आफ्नो मुलुकको रक्षाका लागि आफ्नो जीवनलाई कयौंपटक खतरामा पारेको थिएँ । तर, यस कोरोना महामारी चलिरहेका बेला एकजना मास्क नलगाएकी छात्रालाई पढाउने नाममा म त्यस्ता कुनै खतरा मोलन चाहन्न ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस