काठमाडौँ- बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । त्यस्तै १ सय ६० जना घाइते भएका छन् ।
यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ । बीबीसीले दुई ठूला विस्फोटका घटनामा चारजना अमेरिकी सैनिक सहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको जनाएको छ । घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ ।
बिहीबार साँझ हमिद कारजाई विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो । त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो । जहाँ बेलायती सैनिक बस्दै आएका थिए ।
पेन्टागनले एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएको जनाएको छ । यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए । अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए ।तालिबानले यसलाई आतंकवादी हमला भनेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमलाबारे जानकारी पुगेको छ । विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलेको थियो । एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन् ।
यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो । अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो । तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस