काठमाडौँ- अमेरिकी अर्थतन्त्रमा सुधारको संकेत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको सरकारी अद्यावधिक तथ्यांकमा उल्लेख छ ।
महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्ला केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।
केही अर्थशास्त्रीहरू महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको बताइरहेका समय अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकले भने बेरोजगारीको दरमा आधा अंकले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियन्त्रणको बाटोमा ल्याइएको सरकारको दाबी छ । आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ । तर अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको सङ्ख्या अझै ५७ लाख कम रहेको छ ।
गैर–कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत् अवस्थामा आउन नसकेको बताइएको छ ।
पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।
अश्वेत कामदारहरूको रोजगार दर अघिल्लो महिनाबाट घटेर ८.२ प्रतिशत पुगेको छ यद्यपि; श्रम शक्तिको सहभागितामा गिरावट चिन्तित देखिएको छ ।
रिपोर्टमा लेखिएको छ , “श्रम बजारमा पूर्णतया सुधार देखिएको छैन भन्ने अर्को संकेत अमेरिकामा अझै ४५ लाख मानिसहरू आंशिक समय काम गरिरहेको अवस्थाबाट थाहा हुन्छ, पूर्ण–समय काम पाउन सक्ने अवस्था अझै बन्न सकेको छैन।”
जुलाईमा निर्माण क्षेत्रमा ११ हजार उत्पादन क्षेत्रमा २७ हजार रोजगारीका अवसर थपिएका छन्।
प्राप्त पछिल्लो तथ्यांक अनुसार राष्ट्रव्यापी रूपमा प्रतिघण्टा औसत आय ११ सेन्टबाट ३०.५४ अमेरिकी डलर पुगेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस