सोल- पछिल्लो केही हप्तादेखि दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ ।
दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका कोरिया रोग निवारण केन्द्रले जनाएको छ । सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् ।
केही हप्तादेखि थपिएका सङ्क्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको स्वास्थ्य विभागले जनाएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा सङ्क्रमण हुने गर्दछ ।
पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुई जना बढी भेला हुनसमेत बन्देज गरेको छ । सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ । कोरियामा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ८४ हजार १०३ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या दुई हजार ६३ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस