नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । शनिबार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । मन्त्रालयले पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि शनिबार जानकारी दिएको छ । मन्त्रालयले कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ९१ पुगेको पनि सो जनाएको छ ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९५४ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ९८ हजार ७१५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस