काठमाडौँ- कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको भारतमा संख्या एक लाखभन्दा कम हुन थालेको छ । बुधबार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो ।
त्यसैगरी, मन्त्रालयको तथ्याङ्कमा त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको उल्लेख गरिएको छ। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरूको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १२ लाख ३१ हजार ४१५ रहेको मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस