काठमाडौं- भारतमा कोभिड-१९ संक्रमण निकै ओरालो लागेको छ । हिजोको भन्दा ३७ हजारले कम संख्यामा संक्रमण पुष्टि भएको देखिएको छ ।
विगत पाँच दिनदेखि दैनिक चार लाख भन्दा माथि संक्रमण देखिदै आएकोमा गत २४ घन्टामा भने तीन लाख ६६ हजारमा मात्रै संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमणमा कमी आएसँगै ज्यान गुमाउनेको संख्या पनि आधिकारिक तथ्यांकमा केही घटेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या तीन हजार सात सय ५४ रहेको छ । त्यस अघि दैनिक चार हजारभन्दा धेरैको ज्यान गइरहेको थियो । यससँगै भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ४६ हजार नाघेको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या साढे ३७ लाख भन्दा धेरै रहेको छ ।
तथ्यांकमा संक्रमण केही घटेको देखिए पनि जनस्वास्थ्य विज्ञहरुले महामारीको उच्चतम् अवस्था आउनै बाँकी रहेको बताइरहेका छन् । भारतमा आउँदो महिना दैनिक संक्रमण संख्या १० लाख नाघ्न सक्ने प्रक्षेपण गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस