उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप लगाएको छ । बाइडेन प्रशासन उत्तर कोरियासँगको सम्बन्धलाई लिएर रणनीतिक योजनामा लागिरहेका बेला यस्तो टिप्पणी आएको हो ।
उत्तर कोरियाले आफूहरुको परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप लगाएको हो । उत्तर कोरियाको परमाणु कार्यक्रम नियन्त्रण तथा त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको सामना गर्ने गरि बाइडेन प्रशासनले आफ्नो रणनीतिक योजना सार्वजनिकको तयारी गरिरहेको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयका अनुसार वासिङ्गटनबाट भएका पछिल्ला टिप्पणी तथा गतिविधिहरुले राष्ट्रपति बाइडेन शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा रहेको देखिएको हो । गएको हप्ता राष्ट्रपति बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा भनेका थिए । ह्वाइट हाउसले उत्तर कोरियाका सम्बन्धमा राष्ट्रपति बाइडेन सापेक्षताका आधारमा काम गर्ने नीतिको पक्षमा रहेको जनाएको छ ।
गएको शुक्रबार उत्तर कोरियाका सम्बन्धमा अमेरिकी नीतिको मुल्यांकन सम्पन्न भएको र बाइडेनले यसअघिका चार प्रशासनले लिएका नीतिबाट सिकिएका कुरा जानकारी लिएको ह्वाइट हाउस प्रवक्ता जेन साकीले बताएकी थिइन् । अमेरिका उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ । उत्तर कोरिया आफूमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा हुनु पर्ने पक्षमा छ ।
उनले अबको रणनीति कार्यमा आधारित हुने जेन साकीले पत्रकारहरुलाई बताएकी छन् । अमेरिका र सहयोगीहरुको सुरक्षा बढाउँदै उत्तर कोरियासँगको कूटनीतिक सम्बन्ध बिस्तार तथा सुधारको प्रयास हुने बताएकी छन् । यहिबेला उत्तर कोरियाका तर्फबाट चेतावनी पूर्ण टिप्पणी आएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले संसदको संयुक्त शत्रमा गरेको टिप्पणी असहिय र ठूलो गल्ती रहेको बताएको छ ।
उनको सो टिप्पणीले अमेरिका अझै पनि विगत आधा शताब्दीदेखिकै नीतिको पक्षमा रहेको देखाउने विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस