टोकियो- जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो ।
यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्ने छ ।
यो प्रविधिले अब यहाँ कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।
उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस