इन्डियानापोलिस– अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् ।
प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् ।
एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताउनु भएको छ ।
प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरुसँग कुरा गर्दै प्रहरी तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताउनु भएको छ । उहाँले भन्नुभयो, गोली चलाउने व्यक्तिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ ।
फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिनु भएको छ ।
सामान ढुवानी गर्ने फेडेक्स कम्पनीको इन्डियानापोलिसमा मात्र चार हजारभन्दा बढी मानिसले काम गर्दछन् ।
गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो । मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।
संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन् ।
संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने बारेमा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ, तर बन्दुक राख्ने बारेमा कडा कानुनको अभावमा यसको गलत प्रयोग बढ्दो छ ।
राष्ट्रपति जो बाइडेनले यसै महिना छ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । उहाँको भनाईमा यी व्यवस्थाले अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा कम हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस