अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ ।
अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् । फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री कम देखिनु अन्य वर्षजस्तै यो बर्ष पनि स्वभाविक रहेको बाणिज्य मन्त्रालयका एक अधिकारीले बताए ।
विश्वव्यापी महामारीका कारण प्रभावित खुद्रा तथा अन्य व्यवसायिक गतिविधिमा सुधार आउने पूर्वानुमान विपरीत व्यवसायिक गतिविधि कम हुनुलाई अमेरिकी सञ्चारमाध्यमले प्रमुख समाचार स्रोतका रूपमा प्रकासन तथा प्रशारण गरेका छन् ।
सन् २०२० मा कोभिड–१९ का कारण अत्यधिक प्रभावित अमेरिकी व्यवसायमा अझै पनि सुधार नआउनुलाई अमेरिकी जनतामा कोभिड सङ्क्रमणको भय अझै कायम रहेको भनी कतिपय अधिकारीले बताएका छन् । अधिकारीहरूले महामारीविरूद्धको खोप अभियानसँगै घरायसी खर्चमा वृद्धि हुने र यसबाट व्यवसायहरूलाई राहत मिल्ने बताएका भएपनि अझै अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरूको दावी छ ।
तथ्याङ्कले कार, फर्निचर, विद्युतीय सामान जनवरीमा ७.६ प्रतिशत विक्री प्रवद्र्धन भएपनि फेब्रुअरीमा अन्य थुप्रै सूचीहरूमा फराकिलो गिरावट पुष्टि गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस