न्यापित – म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ ।
म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट सरकार निर्माण गर्ने दिन नजिकिँदै गर्दा गत माघ १९ गते सेनाले त्यहाँको शासनसत्ता आफ्नो हातमा लिएपछि एनएलडी लगायतका प्रजातन्त्रवादी शक्तिहरूले सेनाको कदमको विरोेधमा आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
यसै क्रममा आइतबार देशभरि भएका विरोधप्रदर्शनहरूमा झन्डै ५० जनाको मृत्यु भएको म्यानमारका मानव अधिकारवादी समूहहरूले बताएका छन् ।
सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि सिधै गोली प्रहार गरेका कारण एकै दिन ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । अधिकांश मृत्यु याङ्गुनमा भएको पनि एनएलडी स्रोतले बताएको छ ।
नेत्री आङ सान सूकीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएपछि सोमबार उहाँलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको बताइएको छ ।
प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सूकीसहित अन्य नेताहरूको रिहाइको माग गर्दै देशमा निर्वाचित समूहले सरकार गठन गर्न पाउनु पर्ने बताएका छन् ।
सैन्य शासकहरूले सुकी र उहाँको दलका प्रमुख नेताविरुद्ध भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गरेका छन् भने आन्दोलनरत समूहले सबै मुद्दा फिर्ता गरी निर्वाचित समूहलाई सरकारको गठन गर्ने र सेनाद्वारा भएका अलोकतान्त्रिक निर्णयलाई बदर गर्न सडकहरूमा प्राय ः हजारौँ मानिसहरू उत्रिने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस