अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
सामूहिक रूपमा उनीहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नभएको जनाइएको छ ।
खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख गरेका छन् ।
उनीहरूले कुनै हिचकिचाहटबिना खोप लगाउनका लागि सबै अमेरिकी नागरिकलाई पनि आग्रह गरेका छन् ।
पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उनीहरूका प्रथम महिलाहरूले पनि खोप लगाएका हुन् ।
खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भने, “खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ, यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ ।”
अन्य पूर्व राष्ट्रपतिहरूले पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउनु आवश्यक रहेको र त्यसबाट कुनै नकारात्मक खतरा नरहेको चिकित्सकहरूले प्रमाणित गरेकाले आफूहरूले ढुक्क भएर खोप लगाएको उल्लेख गरेका छन् ।
निवर्तमान राष्ट्रपति ट्रम्पले भने खोपप्रति आफ्नो विश्वास नरहेको बताउँदै आएका थिए । तर उनले भने राष्ट्रपतिको भूमिकामै रहेका बेला गत जनवरीमै खोप लगाए पनि सार्वजनिक नगरेको विभिन्न सञ्चारमाध्यमले लेखेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस