कायरो – चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो । इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले सो खोप उपलब्ध गराउनु भएको प्राप्त समाचारमा जनाएको छ । इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले सो कुराको जानकारी गराउनु भएको हो ।
त्यस अवसरमा उहाँले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरुका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गर्नुभयो । उहाँले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा पनि राख्नुभयो । उहाँले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशहरुबीचको सम्बन्ध राम्रो रहेको धारणा उहाँले राख्नुभयो ।
इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोहको आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस