रोम – कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ । इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ ।
करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरीबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ ।
इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ ।
प्रतिशतको हिसाबले ९.४ प्रतिशत व्यक्ति र ७.७ प्रतिशत परिवारहरूलाई गरिबको रूपमा वर्गीकृत गरिएको छ । यो इटलीले गरिबीको तथ्याङ्कको लोखाजोखा राख्न थालेपछिको सबैभन्दा उच्च तह हो ।
सन् २००५ मा केवल तीनदेखि चार प्रतिशत इटालियाली परिवार तथा व्यक्तिहरू पूर्ण गरिबीमा रहेका ‘स्टाट’ले उल्लेख गरेको छ ।
सन् २०११ पछि यो दर बढेपछि इटालीले चरम आर्थिक सङ्कटको सामना ग¥यो र त्यसबेलादेखि तुलनात्मक रूपमा सामान्य वृद्धि हुँदै आएको थियो ।
तथ्याङ्क अनुसार इटलीमा औसत मासिक घरेलु खर्च सन् २०२० मा सन् २०१९ को तुलनामा ९.१ प्रतिशत घटेर दुई हजार ३०० यूरो (करिब दुई हजार ८०० अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क सन् २००० पछिको सबैभन्दा न्यून हो ।
इटली कोरोनाभाइरस महामारीको कारणले अत्यधिक ग्रस्त यूरोपको पहिलो मुलुक हो ।
कोभिड–१९ का कारण इटलीमा करिब एक लाख नागरिकले ज्यान गुमाएका छन् । गत वर्ष दोस्रो विश्वयुद्धपछि इटलीले सबैभन्दा खराब मन्दीको सामना गरेको छ ।
‘स्टाट’ले भनेको छ, “इटलीको औसत कूल गार्हस्थ उत्पादन सन् २०२० मा घटेर झण्डै चार लाख ५० हजार अर्थात् नौ प्रतिशतले घटेको र यसका कारण प्रायः महिला, युवा कामदार तथा स्वरोजगार नागरिकले रोजगारी गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस