जेनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धानको सोमबार आग्रह गरेका छन् ।
नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो । उहाँलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ ।
विज्ञहरूले उहाँलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोराएका हुन् ।
संयुक्त राष्ट्र सङ्घका अतिरिक्त न्यायिक निकाय, तथा मृत्युदण्डसम्बन्धी शीर्ष विज्ञ एग्नेस कालामार्ड र अभिव्यक्ति स्वतन्त्रता विशेषज्ञ इरेन खानले उक्त आह्वान गर्नुभएको हो ।
“घरेलु अधिकारीहरूको कमजोर प्रतिक्रिया, प्रतिबन्धित रासायनिक हतियारको प्रयोग र लक्षित हत्याको स्पष्ट ब्यवहारका कारण घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान गरिनु पर्छ । तथ्यहरू स्थापित गर्न र सबै कुरा स्पष्ट पार्न नाभाल्नीविरूद्धको विष प्रकरणबारेमा छानविन आवश्यक छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस