रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनको प्रभाबशाली विपक्षी नेता नाभाल्नीलाई जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि स्वदेश फर्किएपछि राज्यसँग उहाँले गर्नुभएको प्रतिवद्धतालाई उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना २.५ वर्षको जेल सजाय तोकिएको थियो ।
धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उहाँलाई कहाँ राखिएको भन्ने जानकारी क्रेमलिनले गराएको थिएन । फेडरल जेल सर्भिसका प्रमुखले भन्नुभयो, “शुक्रवारका नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिएको छ ।” यद्यपि उहाँले नाभाल्नीबारे अन्य विवरणहरू उपलब्ध गराउनुभएन ।
नेल्भनीको सम्भावित स्थानको बारे साताको अन्त्यमा स्थानीय मिडियामा अज्ञात स्रोतका आधारमा रिपोर्टहरू प्रसारित गरिएको थियो। यसभन्दा अघि मस्कोको सार्वजनिक आयोगले आइतबार विज्ञप्तिमा भन्यो कि विपक्षी व्यक्तित्व भ्लादिमीर क्षेत्रको एक संघीय जेल सेवा संस्थामा छ।
“हामीलाई प्राप्त सूचना अनुसार नाभाल्नीलाई जेल सजाय भुत्तानीका लागि भ्लादिमिर क्षेत्रमा ल्याइएको छ,” आयोगका सदस्य अलेक्सी मेल्निकोभले इन्फेफ्र्याक्स समाचार संस्थालाई भन्नुभयो ।
“नाभाल्नीलाई केही दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिनेछ,” मेल्निकोभले भन्नुभयो ।
नाभाल्नी मस्कोका लागि उडेको एक आन्तरिक उडानमा रहेका समय जटिल विरामी परेपछि जर्मनी लगिएको थियो । जर्मनीमा गरिएको परीक्षणमा उहाँलाई सोभियतकालीन बिषाक्त पदार्थ दिइएको दावी गरिएको थियो । जर्मनीमा उपचार र करिब पाँच महिना बसाईपछि उहाँ गत महिना स्वदेश फर्किनुभएको थियो ।
नाभाल्नीले आफूलाई उक्त घातक बिषाक्त सेवन गराउनुमा राष्ट्रपतिको सम्लग्नता रहेको दावी गर्दै आउनुभएको छ भने क्रेमलिनले दावीलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस