याङ्गुन – म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले यहाँका राजनीतिक दलका प्रतिनिधिहरूलाई शुक्रबार राजधानी न्या पि तमा भेटी पछिल्लो निर्वाचन प्रक्रियाका बारेमा छलफल गरेको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आयोगले यही फेब्रुअरी ५ तारिखदेखि गत वर्षको निर्वाचन परिणामबारे उठाइएका विषयहरूलाई समीक्षा गरिरहेको बताएको छ ।
आयोगले निर्वाचनबारे उठेका अनियमितताका मुद्दालाई सम्पन्न गरी मतदाताको नयाँ सूची तयार गर्ने र संविधानिक व्यवस्था बमोजिम स्वच्छ तथा स्वतन्त्र नयाँ निर्वाचन गर्ने बताएको छ ।
म्यानमारमा फेब्रुअरी १ मा राष्ट्रपति यू विन मिन्ट र नेतृ आङ साङ सुकीलगायतका नेशनल लिग फर डिमोक्र्यासी (एनएलडी) का दर्जनौँ अन्य अधिकारीलाई सुरक्षा नियन्त्रणमा लिई सेनाले सत्ता हातमा लिएको थियो । सेनाको निकट मानिने जुन्ता पार्टीले अनपेक्षित पराजयपछि निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाइएको थियो ।
सन् २०२० को नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको एनएलडी पार्टीलाई स्पष्ट दुई तिहाई बहुमत आएको र निर्वाचन कानून अनुसार यही फेब्रुअरी २ देखि नयाँ संसद बोलाइएका थियो । नयाँ संसद चालु हुनुभन्दा एक दिन पहिल्यै सेनाले सरकारको नेतृत्व आफ्नो हातमा लिई एनएलडीका नेता कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिई एक वर्षे सङ्कटकालको घोषणा गरेको छ ।
सैनिक सरकारको यो कदमलाई अलोकतान्त्रिक भन्दै विश्व समुदायबाट म्यानमारको सैनिक नेतृत्वको आलोचना हुँदै आएको छ । एनएलडीलगायतका प्रजातन्त्र पक्षधर दलहरूले सरकारको कदमविरूद्ध निरन्तर सडक प्रदर्शन गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस