घाना – घानामा आगामी मार्च २ देखि कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिने भएको छ ।
खोप अभियानको सुरुवात भने राष्ट्रपति नाना अड्डो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ ।
राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचिमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिनुभयो ।
खोप लगाउनु सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सवैलाई विश्वास दिलाउनका लागि राष्ट्रपतिले आफैले लगाएर सुरु गर्न लागेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रपतिले नै खोप लगाएपछि आम नागरिकहरु पनि खोप लगाउन प्रोत्साहित हुने सरकारी अधिकारीहरुले अपेक्षा गरेका छन् ।
खोप लगाएमा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बुझाउन आवश्यक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
“खोप लगाउन पाउनु राम्रो अवसर हो, त्यसलाई उपयोग गर्नुपर्छ भनेर सवैलाई प्रेरित गर्नु आवश्यक छ, खोप लगाएपछि हामी सवै सुरक्षित हुन्छौँ भन्ने पनि बुझाउनुछ,” उहाँले भन्नुभयो ।
घानामा बुधबार छ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ । यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
कोरोनाभाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस