बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।
मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ । गत वर्ष, हुवावे विश्व मोबाइल बजारमा बिक्रीका दृष्टिबाट पहिलो स्थानबाट छैटौं स्थानमा झरेको थियो ।
हुवावेको मेट एक्स२ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ । यस फोनमा हुवावे आफैंले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ ।
हुवावेका उपभोक्ता इकाईका अध्यक्ष रिचार्ड यूले एक विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गर्नु भएको छ ।
यूका अनुसार, मेट एक्स२ को मूल्य चिनियाँ बजारमा दुई हजार ७८५ अमेरिकी डलर छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस