देहरादुन- भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ ।
अधिकारीहरुका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो ।
कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएकाले ती प्रदेशबाट आएकाहरुलाई परीक्षण अनिवार्य गरिएको अधिकारीहरुले जनाएका छन् ।
“उल्लेखित प्रदेशहरुमा कोरोनाभाइरसको महामारी अझै न्युन भएको छैन, त्यसैले ती मध्ये जुन प्रदेशबाट आएपनि उनीहरुलाई कोरोना परीक्षण गराउन निर्देशन छ,” निर्देशनमा उल्लेख गरिएको छ ।
विभिन्न प्रदेशहरुमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्यामा बृद्धि भएपछि यस्तो व्यवस्था गरिएको हो ।
भारतमा मंगलबार विहान थप १० हजार ५८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अरु ७८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या पछिल्लो २४ घण्टामा भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड १० लाख १६ हजार ३४३ पुगेको छ । ती मध्ये एक लाख ४७ हजार ३०६ अझै सक्रिय अवस्थामा रहेका छन् ।
त्यसैगरी कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५६ हजार ४६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस