भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तिमा ३७ यात्रुको मृत्यु भश्रएको भारतीय अधिकारीहरूले बताएका छन् ।
प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको छ एक अधिकारीले एएफपीलाई बताए ।
मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँ नजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको थियो ।
बस दुर्घटनाको कारण अझै खुलीसकेको छैन । भारतको सडकको विशाल सञ्जाल कमजोर तथा खराब रहेको कारण वर्षेनी हजारौँ भारतीयको सडक दुर्घटनाका कारण मृत्यु हुने गर्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बस पूर्ण रूपमा डुबेको छ र सामजिक सञ्जालमा आएका तस्वीरहरूमा उद्धारकर्ताहरूले लाइफ ज्याकेट लगाएर निरन्तर उद्धार गरिरहेको देखाइएको छ ।
प्राप्त विवरणअनुसार दुर्घटनापछि चालकसहित सात व्यक्ति पौडी खेली पानीबाट सुरक्षित स्थलमा जान सफल भएका बताइएको छ ।
प्रहरी अधिकृत धर्मवीर सिंहले घटनालाई पुष्टि गर्दै बताउनुभयो, “हामीले अहिलेसम्म ३७ जनाको मृत शरीर पानीबाट निकालेका छौँ र तिनीहरूलाई अन्तिम परीक्षणका लागि पठाइएको छ । वेपत्ता अन्य यात्रुहरूको खोजी तथा उद्धारका लागि स्थानीयको सहयोगमा प्रहरी तथा उद्धार टोलीहरू खटिरहेका छन् ।”
घटनापछि नहरको पानी बन्द गरी बसलाई दुर्घटना भएको तीन घण्टापछि क्रेनको सहयोगमा पानी बाहिर निकालिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ती तथा राहत स्वरूप दुई लाख भारतीय रूपैयाँ सहयोग प्रदान गर्ने ट्वीटर सन्देशमा बताउनुभएको छ ।
भारतमा कमजोर सडक संरचना, चालकको लापरबाही, पूराना गाडीलगायतका कारण सन् २०१९ मा एक लाख ५१ हजार ११३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस